Logo

४० प्रतिशत हकप्रद ल्याउन सेञ्चुरीले तोक्यो बुक क्लोज मिति

४० प्रतिशत हकप्रद ल्याउन सेञ्चुरीले तोक्यो बुक क्लोज मिति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले यही असार २७ गते बुक क्लोज गर्ने भएको छ । बैंकले ल्याउन लागेको ४० प्रतिशत हकप्रद जारीका लागि बुक क्लोज मिति तोकेको हो ।

बैंकले हकप्रद जारीका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँका दरले १ करोड ८८ लाख ५४ हजार २ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन हकप्रद जारी गर्न लागेको हो ।

बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडले रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL