Logo

एक वाणिज्य बैंक सहित ६ संस्थालाई मर्जरमा जान अन्तिम स्वीकृति

एक वाणिज्य बैंक सहित ६ संस्थालाई मर्जरमा जान अन्तिम स्वीकृति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा बैंक वित्तीय संस्थालाई मर्जर तथा एक्विजिशनमा जान अन्तिम सहमति दिएको छ । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त सहमति दिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार ग्लोब आइएमइ बैंक र रिलायबल डेभलपमेन्ट बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो । यसैगरी सांग्रिला विकास बैंक र कसमस विकास बैंक, कामना विकास बैंक र सेवा विकास बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ ।

यो सहमतिसँगै ६ वटा बैंक वित्तीय संस्था एक आपसमा गाभिएर ३ वटा बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL