Logo

सर्लाहीको बलरामा रावा बैंकको नयाँ शाखा, वित्तीय पहुँच विस्तार पहिलो प्राथमिकता

सर्लाहीको बलरामा रावा बैंकको नयाँ शाखा, वित्तीय पहुँच विस्तार पहिलो प्राथमिकता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको सर्लाहीमा आफ्नो १ सय ७५ औं शाखा स्थापना गरेको छ । बैंकले सर्लाहीकोे बलरा नगरपालिकामा सो शाखा स्थापना गरेको हो ।

उक्त शाखाको नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश कुमार सिंहले एक समारोहका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सिंहले विकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैकका संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले शहरी, ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सहयोग पुग्ने बताए ।

यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तीय पहुँच विस्तार गरिने बताए । बैंकले नाफा मात्र नभई वित्तीय पहुँच विस्तारको लागि जनताको घरदैलोमा पुग्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL