Logo

बैंक अफ काठमाण्डूको सीईओ श्रेष्ठले दिए राजिनामा, असार मसान्तबाट छाड्ने

बैंक अफ काठमाण्डूको सीईओ श्रेष्ठले दिए राजिनामा, असार मसान्तबाट छाड्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले राजिनामा दिएका छन् । उनले यहि असार मसान्तबाट लागू हुनेगरी बैंक संचालक समक्ष राजिनामा दिएका हुन् ।

बैंक अफ काठमाण्डूमा झण्डै ८ बर्ष विताएका श्रेष्ठले आफ्नो कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएका हुन् । बैंक व्यवस्थापनबीच सीइओ परिवर्तनको सम्बन्धमा छलफल चलिरहँदा उनले राजिनामा दिएका हुन् । उनको दोस्रो कार्यकाल २०७४ फागुनमा सकिँदैछ । बैंक संचालकसँग टसल परेपछि उनले आफ्नो कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएको बैंक स्रोतले जानकारी दिएको छ ।

बैंकिङ क्षेत्रमा ३२ बर्ष विताएका श्रेष्ठले यस अघि स्ट्ण्डर्ड चाटर्ड बैंक र एनएमबी बैंकमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL