Logo

महालक्ष्मीको अध्यक्षमा उपाध्याय र सिइओमा भट्टराई, चुक्ता पूँजी पुर्याउने पहिलो विकास बैंक

महालक्ष्मीको अध्यक्षमा उपाध्याय र सिइओमा भट्टराई, चुक्ता पूँजी पुर्याउने पहिलो विकास बैंक


बिजखबर संवाददाता
0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपमेण्ट बैंक लिमिटेड एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंक राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पूँजी पुर्याउने पहिलो विकास बैंक बनेको छ । एकिकृत कारोबारसँगै बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

हाल बैंकको निक्षेप संकलन २४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह कर्जा २० अर्ब २६ करोड पुगेको छ । सो अबधिमा बैंकले मुनाफा ६८ करोड रुपैयाँ मुनाफा कमाएको छ । हाल बैंकको एटिएम संख्या ३६, ग्राहक संख्या ३ लाख ६४ हजार ३ सय ५९ र कर्मचारी संख्या ६ सय १९ पुगेको छ । यसैगरी बैंकको शाखा संख्या ६५ पुगेको छ ।

नेपाल राष्ट्र वैंकबाट एकिकृत वैंकको इजाजत पत्र पाएसँगै बसेको संचालक समितिको पहिलो वैठकले वैंकको अध्यक्षमा राजेश उपाध्यायलाई मनोनित गरेको छ । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराईलाई नियुक्त गरेको छ ।

दुवै वैंकको सहमति भए बमोजिम संचालक समितिमा राजेश उपाध्याय, संजय गिरी, अरुण राज सुमार्गी, राजेश कुमार रौनियार, विरेन्द« कुमार संघई र रुपेन्द« पौडेल चयन भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL