Logo

टुरिजमले ल्यायो भिसा र डलर कार्ड, सेवाग्राहीलाई स्मार्ट मोबाइल बैंकिङ

टुरिजमले ल्यायो भिसा र डलर कार्ड, सेवाग्राहीलाई स्मार्ट मोबाइल बैंकिङ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले भिसा र डलर कार्ड कार्यान्यनमा ल्याएको छ । बैंकले एचएमभी चीपमा आधारित अन्तरराष्ट्रिय ट्राभल कार्ड कार्यान्वयनमा ल्याएको हो ।

बैंकले आफ्नो सातौ बार्षिकोत्सवको अवसरमा प्रबिधिमा आधारित थप बैंकिङ सेवा सुबिधाहरु संचालनमा ल्याएको हो । उक्त कार्ड सुरक्षित हुनुका साथै भिसा डेबिट कार्ड नेपाल र भारतका गरी १ लाखभन्दा बढी एटिएममा चल्नेछ । भिषा अन्तरराष्ट्रिय ट्राभल कार्ड विश्वको जुनसुकै ठाउँबाट त्यहीको स्थानीय मुद्रामा पैसा निकाल्न साथै भुक्तानी गर्न सकिने र सो सुविधा अन्य बैंकको भन्दा सस्तो भएको समेत जानकारी दिएको छ ।

यसैगरी बैंकले स्मार्ट मोबाइल बैंकिङ सेवा समेत संचालनमा ल्याएको छ । नयाँ प्रविधिको मोबाईल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै जीपीआरएस तथा वाइफाइको सहायताबाट विश्वको कुनै पनि ठाउबाट आफ्नो खाताबाट कारोबार गर्न सकिनेछ । यसैगरी, बैंकले बार्षिकोत्सवको अबसरमा पोईन्ट अफ सेल्स मेशिनको समेत शुरुवात गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL