Logo

ग्लोबल आइएमई बैंकले पारित गर्यो रिलायबल प्राप्ती प्रस्ताव, यस्तो छ सेयर स्वाप अनुपान

ग्लोबल आइएमई बैंकले पारित गर्यो रिलायबल प्राप्ती प्रस्ताव, यस्तो छ सेयर स्वाप अनुपान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकको विशेष साधारणसभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकको आज भएको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

मिति २०७४÷०३÷०९ गते काठमाण्डौमा बसेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रहेको छ ।

सभाले रिलायबल डेभलपमेन्ट बैंकको १०० कित्ता सेयरलाई ग्लोबल आइएमई बैंक लि. को ८२.९० कित्ता सेयर दिने गरी सेयर स्वाप अनुपात कायम गरेको छ । रिलायबल प्राप्ती पश्चात ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ

यसैगरी बैंकको शाखा संख्या १ सय १२, १ सय १४ एटीएम, ५ वटा एक्सटेन्सन काउण्टर र ४६ शाखारहित बैंकिङ्ग सेवा पुग्ने छ । बैंकको ग्राहक संख्या बढेर ७ लाखभन्दा बढि पुग्नेछ । बैंकले यही असार मसान्तबाट एकिकृत कारोबार गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL