Logo

एनआईसी एसियाले ल्यायो ‘लोन ट्रयाकिङ सिस्टम’, एसएमएसबाटै रिटेल कर्जाको जानकारी

एनआईसी एसियाले ल्यायो ‘लोन ट्रयाकिङ सिस्टम’, एसएमएसबाटै रिटेल कर्जाको जानकारी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले लोन ट्र्याकिङ सिस्टम कार्यान्यनमा लाएको छ । बैंकले खुद्रा कर्जा लिने सेवाग्राहीका लागि आफ्नो कर्जाको स्वीकृतिको हरेक चरण हेर्न मिल्ने गरी ‘कस्टुमर रिटेल लोन ट्रायकिङ सिस्टम’ कार्यान्यनमा ल्याएको हो । सो कर्जाको लागि आवेदन दिएपछि सेवाग्रहीले हरेक चरणको अपडेट हेर्न पाउनेछन् ।

उक्त प्रबिधिको प्रयोग गरी एसएमएसमार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जाबारे जानकारी गराइनेछ । जस अन्तरतग बैंकमा कर्जाको निवेदन प्राप्त देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरु पर्नेछ । ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् । बैंकको १ सय १७ वटै शाखाबाट उक्त सुविधा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL