Logo

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा पुनः पोखरेल, थपियो ४ बर्षे कार्यकाल

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा पुनः पोखरेल, थपियो ४ बर्षे कार्यकाल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः दिनेशकुमार पोखरेल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको संचालक समितिको बैंठकले उनलाई पुनः सीईओ पदमा नियुक्त गरेको हो ।

संचालक समितिले उनलाई थप ४ वर्षको लागि सीईओ पदमा नियुक्त गरेको छ । उनले यही असार १ गतेबाट ४ बर्षको लागि बैंकको प्रमुख कार्यकारी पद सम्हाल्नेछन् ।

एक कार्यक्रमबीच एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष हेमराज ढकालले नबनियुक्त सीईओ पोखरेललाई नियुक्तीपत्र समेत दिएर सम्मान गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL