Logo

असार २६ मा मौद्रिक नीति, यस्तो छ राष्ट्र बैंकको तयारी !

असार २६ मा मौद्रिक नीति, यस्तो छ राष्ट्र बैंकको तयारी !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीति असारको अन्तिम साता ल्याउने भएको छ । आगामी आबको मौद्रिक नीति ल्याउनका लागि प्रारम्भिक चरणको छलफल शुरु भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

असारको २५/२६ मा आगामी आबको मौद्रिक ल्याउने तयारी गरिएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘अहिलेको अबस्थासम्म मौद्रिक नीतिको विषयमा खासै छलफल शुरु भएको छैन,’ उनले भने, ‘असारको तेस्रो हप्ताबाट छलफल शुरु गरेर अन्तिम साता ल्याइने छ ।’

हाल क्षेत्रगत रुपमा आएका सल्लाह सुझाव संकनल गर्ने काम मात्र भइरहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । विशेषगरी अटो क्षेत्रमा लागेको ५० प्रतिशतको कर्जा सीमा र मार्जिन लेण्डिङमा लागेको सीमा बढाउनु पर्ने जस्ता सुझाव आएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत २०७४ असार मसान्तभित्रै आवश्यक चुक्ता पूँजी बृद्धि गर्न निर्देशन दिएको थियो । हालसम्म पनि कतिपय बैंक वित्तीय संस्थाले चुक्ता पूँजी नपुर्याएकाले समय सीमा थप गर्न समेत माग आइरहेको राष्ट्र बैंकले जानकारी दिएको छ । तर, मौद्रिक नीतिले त्यसलाई सम्बोधन नगर्ने भएको छ ।

आगामी आबको मौद्रिक नीतिले हरेक स्थानीय तहमा बाणिज्य बैंकको शाखा खोल्ने सरकारी नीतिलाई कडाइका साथ लागू गर्ने तयारी गरेको छ । साथै विपन्न बर्गमा जाने कर्जालाई पनि अझै कडाई गरिने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL