Logo

राष्ट्र बैंकले दियो ९ वित्तीय संस्थालाई गाभिन अन्तिम स्वीकृति, दुई संस्थालाई सैदान्तिक सहमति

राष्ट्र बैंकले दियो ९ वित्तीय संस्थालाई गाभिन अन्तिम स्वीकृति, दुई संस्थालाई सैदान्तिक सहमति


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिभिन्न ९ वटा बैंक वित्तीय संस्थालाई एक आपसमा गाभ्न/गाभिन अन्तिम स्वीकृति दिएको छ भने । राष्ट्र बैंकको मंगलबार बिहान बसेको संचालक समितिको बैंठकले उक्त स्वीकृति प्रदान गरेको हो । सो बैंठकले अन्य दुई संस्थालाई भने सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

जस अनुसार राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई एस डेभलपमेन्ट बैंक खरिदका लागि अन्तिम स्वीकृति दिइएको छ भने सिभिल बैंकलाई युनिक फाइनान्स र हामा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, महालक्ष्मी विकास बैंकलाई यति डेभलपमेन्ट बैंक, भिवोर सोसाइटी डेभलपमेन्ट बैंकलाई लुम्बनी फाइनान्स मर्ज गर्न अन्तिम स्वीकृति दिइएको छ ।

बैठकले देव विकास बैंकलाई साझा विकास बैंक प्राप्तिका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL