Logo

ग्लोबल आईएमई बैंकको नि:शुल्क आस्वा सुबिधा, ९५ शाखाबाट भर्न सकिने

ग्लोबल आईएमई बैंकको नि:शुल्क आस्वा सुबिधा, ९५ शाखाबाट भर्न सकिने


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकल बिभिन्न कम्पनीले निष्काशन गरेको आईपिओ तथा एफपिओमा आस्वा प्रणालीमार्फत सेयरमा आवेदन गर्दा निःशुल्क सेवा दिने भएको छ । अबका दिनमा ग्लोबल बैंकबाट आस्वा प्रणालीमार्फत आबेदन दिँदा निःशुल्क र सहज रुपमा साधारण सेयरमा आबेदन दिन सक्नेछन् ।
आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्दा ग्राहकले सेयरमा लगानी गर्न चाहेको कित्ता बराबरको रकम ग्राहकको खातामा नै रोक्का हुनेछ भने उक्त रकमको ब्याज समेत ग्राहकले प्राप्त गर्नेछन् ।

यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत सेयरमा आवेदन गर्न ग्राहकहरु थप अभिप्रेरित हुने विश्वास बैंकका रहेको छ । यो सेवा बैंकका सवै ९५ शाखाहरुबाट उपलब्ध हुनेछ । साथै ग्लोबल आईएमई बैंकको मोबाईल बैकिङ एप ‘ग्लोबल स्मार्ट’ तथा इन्टरनेट बैंकिङ सुविधा ‘ग्लोबल अनलाईन’ सेवाबाट पनि ग्राहकहरुले आईपिओ तथा एफपिओको लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL