Logo

तोडियो बाणिज्य बैंकको एकाधिकार, स्थानीय निकायले सबै बर्गका बैंकमा खाता खोल्न पाउने

तोडियो बाणिज्य बैंकको एकाधिकार, स्थानीय निकायले सबै बर्गका बैंकमा खाता खोल्न पाउने


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । स्थानीय निकायले अबका दिन सबै बर्गका बैंकमा खाता खोल्न पाउने भएका छन् । हाल सरकारी कार्यालयले ‘क’ बर्गका बैंकमा मात्र सञ्चित खाता खोल्न मिल्ने ब्यवस्था रहेकोमा आगामी दिनमा स्थानीय स्तरमा उपलब्ध सबै बर्गमा बैंकमा खाता खोल्ने ब्यवस्था गर्न लागिएको सार्बजनिक खर्च वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयका सदस्य सचिव मुरारी निरौलाले बताए ।

‘यस अघि ‘क’ बर्गका बैंकमा मात्र सञ्चित खाता खोल्न पाउने ब्यवस्था थियो,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पेफाले संयुक्त रुपमा गरकोे वित्तीय ब्यवस्थापन सम्बन्धी कार्यक्रममा उनले भने, ‘सबै स्थानीय तहमा ‘क’ बर्गका बैंक नपुगेकाले अन्य बर्गका बैंक वित्तीय संस्थामा पनि खोल्न पाउने ब्यवस्था गर्न लागिएको हो ।’

संघीयता कार्यान्वयनमा आएसँगै ७ सय ४४ स्थानीय निकायमा सरकारले बजेट बिनियोजन गरेको छ । तर धेरै जसो निकायमा ‘क’ बर्गका बाणिज्य बैंक नपुगेकाले त्यसलाई सहजीकरण गर्न अन्य बर्गका बैंक वित्तीय संस्थामा पनि खोल्न पाउने ब्यवस्था गर्न लागेको हो ।

सरकारले आर्थिक बर्ष २०७४÷७५ को बजेटमार्फत हरेक स्थानीय तहमा एउटा बाणिज्य बैंक पुर्याउने उद्घोष गरेको छ । त्यसलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले सबै बाणिज्य बैंकलाई पत्राचार समेत गरिसकेको छ । तर अहिले नै सबै स्थानमा उपलब्ध नहुने भएकाले सहजताका लागि अन्य बैंक वित्तीय संस्थामा पनि खोल्न पाउने ब्यवस्था गर्न लागेको हो ।

तर, त्यसको खर्च तथा हिसाव भने केन्द्रिय रिपोर्टिङ सिस्टममै आउनु पर्ने निरौलाले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL