Logo

कुमारीको सीईओ सुरेन्द्र भण्डारी नियुक्त, बैंकिङ क्षेत्रमा ३२ बर्षे अनुभव

कुमारीको सीईओ सुरेन्द्र भण्डारी नियुक्त, बैंकिङ क्षेत्रमा ३२ बर्षे अनुभव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुमारी बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृति नियुक्त गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैंठकले नयाँ सीईओमा सुरेन्द्र भण्डारीलाई नियुक्त गरेको हो ।

यस अघि निमित्त प्रमुख कार्यकारी अधिकृतबाट काम चालाउँदै आएको कुमारीले भण्डारीलाई सीईओमा नियुक्त गरेको हो । हाल सिद्धार्थ बैंकमा सीईओ रहेका भण्डारी आफ्नो ३ बर्षे कार्यकाल रहँदै पुनः कुमारीमा गएका हुन् । भण्डारीले सन् २००० देखि ८ वर्षसम्म कुमारीमा सीईओ भएर काम गरेका थिए ।

भण्डारीले सन् १९८५ मा नेपाल बैंकका आफ्नो बैंकिङ करिअर शुरु गरेका थिए । उनको बैंकिङ क्षेत्रमा ३२ बर्ष लामो अनुभव रहेको छ । भण्डारीले गड्वाल यूनिभर्सिटीबाट कमर्समा ग्राजुएट र विजिनेश म्यानेजमेन्टमा देहरादूनबाट पोस्ट ग्राजुएटको पढाई पूरा गरेका छन् ।

यस अघि बैंकको निमित्त सीईओको रुपमा राजीब गिरीले कार्यभार सम्हाल्दै आएका थिए । नेपाल क्रेडिट एण्ड कमर्श बैंकसँग मर्जर जान सहमति गरेर निमित्त सीईओबाट काम गर्दै आएको कुमारीले मर्जर सम्झौता तोडिएपछि नयाँ नियुक्त गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL