Logo

लुम्बिनीमा ग्लोबल आइएमईको एटीएम, पर्यटक केन्द्रित सेवा

लुम्बिनीमा ग्लोबल आइएमईको एटीएम, पर्यटक केन्द्रित सेवा


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले लुम्बिनीमा आफ्नो नयाँ एटिएम सेवा संचालनमा ल्याएको हो । बैंकले लुम्बिनी भ्रमणका लागि आउने पर्यटक तथा त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरि बृहत लुम्बिनी बिकास परियोजनाको मुख्य प्रवेशद्धार नजिक एटीएम सेवा संचालनमा ल्याएको हो ।

लुम्बिनीमा नयाँ एटिएम सेवा थप भएसँगै बैंकको एटिएम संख्या १ सय ९ पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ९५ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजस्व संकलन काउण्टर, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ६ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

साथै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL