Logo

एनसिएम मर्चेण्टको सेवा अब सनराइज क्यापिटलको नामबाट, पूँजी संरचना संशोधन

एनसिएम मर्चेण्टको सेवा अब सनराइज क्यापिटलको नामबाट, पूँजी संरचना संशोधन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंकको सहायक कम्पनी एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेडले सनराइज क्यापिटल लिमिटेडको नामबाट कारोबार शुरु गरेको छ । कम्पनीको सोमबार सम्पन्न विशेष साधारण सभाले नाम परिवर्तनको प्रस्ताव पारित गरेको हो ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन सहित पूँजी बृद्धि तथा नाम परिवर्तन गर्ने प्रस्ताव पारित भए बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भई नाम गपरिवर्तन गरिएको हो ।

सनराइज बैंक लिमिटेड एनआईडिसी क्यपिटल मार्केटस लिमिटेडलाई प्राप्ती गरे पश्चात सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेडको नामबाट सेवा प्रदान गर्दै आएको थियो ।

कम्पनीले हाल मर्चेन्ट बैंकिङ कार्य अन्तर्गत शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य, शेयर रजिष्ट्रार कार्य तथा शेयर प्रत्याभुति कार्य गरी आएको छ ।
कम्पनीको पूँजी संरचनालाई संशोधन गरी जारी पूँजी रकम रु. २० करोड र चुक्ता पूँजी रकम रु.१० करोड कायम रहेको छ । निकट भबिष्यमा पोर्टफोलियो ब्यवस्थापन गर्ने तथा सामुहिक लगानी कोष संचालन गर्ने उद्देश्य सहित पूँजी संरचना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL