Logo

माछापुच्छे बैंकको परासी शाखा स्थानान्तरण, २४ घण्टे एटीएम सुबिधा

माछापुच्छे बैंकको परासी शाखा स्थानान्तरण, २४ घण्टे एटीएम सुबिधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माछापुच्छे बैंकले परासी शाखालाई स्थानान्तरण गरेको छ । साविकको महेशपुरचोक, परासी बजार वडा नं ५ मा रहेको सो शाखालाई दक्षिणतर्फ संगै रहेको भवनमा थानान्तरण गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीले गरेका हुन् ।

नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।

६ अर्व ५९ करोड ८७ लाख चुक्ता पूँजी रहेकोे यस बैकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL