Logo

कालीकोटमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा, शाखा संजाल ४६ पुग्यो

कालीकोटमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा, शाखा संजाल ४६ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकलेले कालीकोटमा आफ्नो ४६ औं शााखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा उक्त बैकिङ सेवा संचालनमा ल्याएको हो ।

जस अनुसार बैंकले कालीकोट जिल्लाको खाँडाचक्र नगरपालीको वडा नं २ मा सेवा सुरु गरेको हो । ग्लोबल आईएमई बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले स्थानीय व्यवसायीक प्रतिनिधि कर्णबहादुर खत्रिलाई मेसिन हस्तान्तरण गरेर सेवाको उद्घाटन गरेका हुन् ।

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा रहेका छन् ।

ग्लोवल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा हालसम्म ३ वटा एक्सटेन्सन काउण्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL