Logo

एभरेष्टको ‘निक्षेप परिचालन योजना’, खाता खोल्दा ५० प्रतिशत छुट

एभरेष्टको ‘निक्षेप परिचालन योजना’, खाता खोल्दा ५० प्रतिशत छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एभरेष्ट बैंकले ‘निक्षेप परिचालन योजना’ कार्यान्वयनमा ल्याएको छ । वित्तीय समावेशीतालाई प्रोत्साहन गर्नुका साथै बैंकको निक्षेपको आधारलाई अझ मजबुत बनाउन सो कार्यक्रम ल्याएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सो योजना यही जेठ महिनाभर चल्ने छ ।

साथै समाजका बिभिन्न समुहलाई बचतको बानी बसाल्न सो योजना अन्र्तगत बैंकले बचत तथा चल्ती खाता संचालनलाई विशेष महत्व दिएको छ । त्यस्ता खाता खोल्दा आवश्यक न्यूनतम मौज्दात रकममा ५० प्रतिशत छुट दिने भएको छ । ग्राहकलाई मुद्दती र कल खाता पनि आर्कषक ब्याजदर दिइने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL