Logo

एकै हप्ता एनआईसी एसियाको १३ शाखा, विहीबार मात्रै थपिए ४ शाखा

एकै हप्ता एनआईसी एसियाको १३ शाखा, विहीबार मात्रै थपिए ४ शाखा


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकको थप ४ शाखा संचालमा ल्याएको छ । बुधबार ९ शाखा संचालनमा ल्याएको एनआईसी एसिया बैंकले त्यसको भोलिपल्टै थप ४ वटा शाखा संचालनमा ल्याएको हो ।

बैकले जेष्ठ ४ गते एक समारोहकाबीच बैंकले नयाँ शाखाहरुको उद्घाटन गरेको हो । जसमध्ये मणिग्रामको १०२ औं शाखाको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारीले उद्घाटन गरेका थिए भने नयाँ पुल कास्की स्थित १०४ औं शाखाको उद्घाटन स्थानीय कुल बहादुर गुरुङले गरेका हुन् ।

बैंकको सालझण्डी स्थित १०५ औं शाखाको सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री एवं सैनामैना व्यापार संघका अध्यक्ष दुर्गाप्रसाद गौतमले संयुक्त रुपमा उद्घाटन गरेका थिए भने रुद्रपुर स्थित १०७ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले गरेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL