Logo

बैंकमा जागिर खाने रहर छ ?, नेपाल बैंकले माग्यो १०२ जना कर्मचारी

बैंकमा जागिर खाने रहर छ ?, नेपाल बैंकले माग्यो १०२ जना कर्मचारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बैंकले विभिन्न पदमा १ सय २ जना कर्मचारी माग गरेको छ । बैंकले आज सुचना प्रकाशित गर्दै कनिष्ठ सहायक देखि बरिष्ठ प्रबन्धक पदसम्म कर्मचारी माग गरेको हो ।

बैंकले तीन तहको कनिष्ठ सहायकमा ३ जना कर्मचारी माग गरेको छ भने नौं तहको बरिष्ठ प्रबन्धकमा २ जना माग गरेको छ । बैंकले सबैभन्दा बढी चौथो पदको सहायक पदमा ५८ जना कर्मचारी माग गरेको छ भने छैठौं तहको सहायक प्रबन्धक पदमा ३१ जना माग गरेको बैंकद्धारा जारी सुचनामा उल्लेख छ ।

बैंकले कर्मचारी माग गरेका सो पदहरुमा न्युनतम प्लस टु उतीर्णदेखि स्नातकोत्तर उतीर्णसम्मकाले आवेदन दिन सक्नेछन् । बैंकका अनुसार सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ । साथै डिभिजन नखुलेको मार्कसिटको हकमा भने सम्बन्धित विश्वविद्यालयबाट प्रमाणित गरेर ल्याउनुपर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL