Logo

सिटिजन्स र सूर्य लाइफबीच सम्झौता, बैंकबाट बीमा गर्न सकिने

सिटिजन्स र सूर्य लाइफबीच सम्झौता, बैंकबाट बीमा गर्न सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकान्सुरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।

सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट बैंकिङ सेवाका साथै आफ्नो जीवन बीमा गर्न र सोको प्रिमियम रकम छिटो, छरितो र सहज रुपमा बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्नेछन् । यस बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दैे बीमा सम्बन्धी सेवा पनि उपलब्ध गराउन लागेको जानकारी दिएको छ ।
सेवाबाट ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकको काठमाडौं उपत्यका भित्र २४ र बाहिर ३४ गरी कुल ५८ वटा शाखा सञ्चालनमा छन् । त्यस्तै ५७ वटा एटिएम काउन्टर र ७३ वटा शाखा रहित बैकिङ सेवाबाट आधुनिक बैकिङ सेवा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL