Logo

प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ, चुक्त पुँजी ३ अर्व १४ करोड पुग्यो

प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ, चुक्त पुँजी ३ अर्व १४ करोड पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ माघ काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा उमेश श्रेष्ठ निर्वाचित भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

बैंकको सातौ वार्षिक साधारणसभाले नयाँ संचालक समितिमा संस्थापक सेयर धनीको तर्फबाट उमेश श्रेष्ठ, राजेन्द्र बज्राचार्य, श्यामबहादुर श्रेष्ठ र राजेन्द्र श्रेष्ठ निर्विरोध रुपमा चयन भएका थिए ।

यसैगरी, साधारण सेयर धनीको तर्फबाट उत्तमनाराण श्रेष्ठ र उदयमोहन श्रेष्ठ निर्विरोध रुपमा चयन भएका छन् । साधारण सेयर धनीको अन्य २ जना संचालकमा यसअघिकै वासु रिजाल र दिनेश श्रेष्ठको समयावधि नसकिएकाले उनीहरुलाई नै निरन्तरता दिइएको थियो ।

बैंकले सेयर संरचना परिवर्तन गरेर ५१ र ४९ प्रतिशत बनाएसँगै संचालक समितिमा पनि संस्थापनको पक्षबाट ४ र सर्वसाधरणको तर्फबाट ४ जनाको प्रतिनित्व हुने भएको छ ।

बैंकको सातौं साधारणसभाले आफ्ना सेयर धनीलाई १९ प्रतिशत वोनश सेयर दिने निर्णय पनि पारित गरेको छ । यसँगै बैंकको चुक्त पुँजी ३ अर्व १४ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL