Logo

एक शाखाबाट ६ हजारलाई वित्तीय सेवा, १ करोड ८२ लाख खाता

एक शाखाबाट ६ हजारलाई वित्तीय सेवा, १ करोड ८२ लाख खाता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वित्तीय साक्षरता बढेसँगै पछिल्लो समय बैंक खाता खुल्ने क्रम बढेको छ । हालसम्म नेपालका बैंक वित्तीय संस्थामा १ करोड ८२ लाख खाता खुलेको नेपाल राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ ।

राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनको नीति अवलम्बन गरेसँगै बैंक वित्तीय संस्थाको संख्या घटेर १ सय ७१ मा सिमित भएको छ । हाल ती बैंक वित्तीय संस्थाका कुल ४ हजार ५ सय ६९ शाखाबाट पौने २ करोड जनताले बैंकिङ सेवा लिँदै आएका छन् ।

तथ्याङ्क अनुसार एक शाखाले ६ हजारभन्दा बढी जनतालाई बैंकिङ सेवा दिँदै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार एक बैंक वित्तीय संस्थाको शाखाले ६ हजार २ जनालाई प्रत्यक्ष रुपमा बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

नेपालका बैंक वित्तीय संस्थाले हालसम्म १ हजार ९ सय ८५ वटा एटीएम मेशिन संचालनमा ल्याएका छन् । जसमध्ये ४८ लाख डेबिट र ३२ लाख वटा क्रेडिट कार्ड जारी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL