Logo

कुमारी बैङ्कको हकप्रद भर्ने आज अन्तिम दिन,चुक्ता पूँजी ४ अर्ब ४ करोड पुग्दै

कुमारी बैङ्कको हकप्रद भर्ने आज अन्तिम दिन,चुक्ता पूँजी ४ अर्ब ४ करोड पुग्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुमारी बैङ्क लिमिटेडको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन तथा विक्री बन्द आइतवारदेखि बन्द हुने भएको छ । बैङ्कले चैत ६ गतेदेखि हकप्रद शेयर निष्कासन खुला गरेको थियो ।

बैङ्कको शेयरधनीका लागि प्रति शेयर १सय अङ्कित दरको १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ दशमलव ६६ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । बैङ्कको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

बैङ्कको हालको चुक्ता पूँजी रू। २ अर्ब ६९ करोड ९१ लाख ६६ हजार ५ सय ३१ छ । बैङ्कको हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि बैङ्कको चुक्ता पूँजी रू। ४ अर्ब ४ करोड ८७ लाख ४९ हजार ७ सय ९७ दशमलव ४० पुग्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL