Logo

बैशाख १७ बाट प्राइमको एकिकृत कारोवार, विराट लक्ष्मी र कन्ट्री डेभलपमेन्ट बिलय

बैशाख १७ बाट प्राइमको एकिकृत कारोवार, विराट लक्ष्मी र कन्ट्री डेभलपमेन्ट बिलय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकलाई बैंशाख १७ गतेबाट एकिकृत कारोवार गर्ने भएको छ । विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक एक्वायर गरेको प्राइमले १७ गतेबाट एकिकृत कारोवार गर्न लागेको हो । प्राईमलाई नेपाल राष्ट्र बैंकले चैतको दोस्रो हप्ता दुई वटा संस्था खरिदका लागि अन्तिम स्वीकृति दिएको थियो ।

प्राइमले विराटनगरमा रहेको विराटलक्ष्मी विकास बैंक र बनेपामा रहेको कन्ट्री डेभलपमेन्ट बैंक खरिदका गरेको हो । एकीकृत कारोबार सुरु हुने अघिल्लो दिन अर्थात वैशाख १६ गते विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकको सबै बैंकिङ सेवा बन्द हुनेछ । तीनवटै संस्थाको तथ्यांकलाई एउटै सफ्टवेयरमा समायोजन गरी एकीकृत वित्तीय कारोबार गर्ने व्यवस्था मिलाउन दुई संस्थाको बैकिङ कारोबार बन्द गर्न लागिएको प्राइम बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विराटलक्ष्मी र कन्ट्री एक्वायर भएपछि प्राइमको चुक्तापुँजी ६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । दुई संस्था खरिदसँगै प्राइमको शाखा संख्या बढेर ५२ पुगेको छ ।

विराट र कन्ट्री खरिद गर्न प्राइमलाई राष्ट्र बैंकको स्वीकृति, बैशाखबाट एकिकृत कारोवार

प्रतिक्रिया दिनुहोस्
MBL