Logo

राष्ट्र बैंक संचालकमा रेग्मी र पौडेल नियुक्त, पाँच बर्षे कार्यकाल

राष्ट्र बैंक संचालकमा रेग्मी र पौडेल नियुक्त, पाँच बर्षे कार्यकाल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैकको सञ्चालकमा रामजी रेग्मी र डा. श्रीराम पौडेल नियुक्त भएका छन् । चैत १५ देखि रिक्त सो पदमा बैशाख ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले रेग्मी र पौडेललाई नियुक्त गरेको हो ।

मन्पिरिषद्ले उनीहरु दुबै जनालाई आगामी पाँच बर्षका लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।
राष्ट्र बैंकका पूर्ब कार्यकारी निर्देशक रेग्मी अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हुन् । यसेगरी पौडेल भने राष्ट्र बैंक संचालकबाट ५ वर्षे अबधि पुरा गरी चैत १५ मा पदावधि सकिएको थियो । तर, उनलाई सरकारले पुनः संचालकमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकमा संचालक नियुक्त नुहँदा महत्व पूर्ण निर्णको लागि बैठक समेत बस्न सेकेको थिएन । राष्ट्र बैंकका वाहिरबाट तीन जना संचालक नियुक्त हुने व्यवस्था छ । संचालक समितिको बैंठक बस्न तीनमध्ये एक जनाको उपस्थिती अनिवार्य छ । तर, दुई जनाको पदावधि सकिएको र अर्का सञ्चालक विकेमानसिंह श्रेष्ठको योग्यताको विषयमा प्रश्न उठेपछि उनलाई अदालतले निलम्बन गरेको छ ।

सुरु भयो राष्ट्र बैंकको संचालक बन्ने दौडधुप, चर्चामा पंगेनी र रेग्मी

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL