Logo

बोनस र हकप्रद रोजेको एभरेष्ट बैंक मर्जर/एक्विजिशनमा, सेयर संरचना पनि परिमार्जन

बोनस र हकप्रद रोजेको एभरेष्ट बैंक मर्जर/एक्विजिशनमा, सेयर संरचना पनि परिमार्जन


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बोनस र हकप्रद सेयरबाटै नेपाल राष्ट्र बैंकले तोके अनुरुप चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको एभरेष्ट बैंकले आफ्नो योजना परिवर्तन गरेको छ । बोनस र हकप्रदलाई प्राथमिकता दिएको एभरेष्ट बैंकले एकाएक मर्जर र एक्विजिशनको बाटो रोजेको छ ।

एभरेष्ट बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिसन गर्न बैशाख २० गतेबाट लागि सुचना प्रकाशित गर्दै विशेष साधारणसभा नै बोलाएको छ । तर, कुन संस्थासँग मर्ज तथा एक्विजिशन गर्ने भन्ने विषयमा भने केही पनि खुलाएको छैन ।

मर्जर तथा एक्विजिसन सम्बन्धी विनियमावली २०७३ अनुसार कुनै पनि संस्था मर्ज वा एक्वायर गर्न दुई आर्थिक वर्षभित्र सम्पन्न साधारण सभाबाट विशेष प्रस्ताव पारित गर्दै सञ्चालक समितिले अधिकार लिनुपर्ने व्यवस्था अनरुप विशेष साधारणभा बोलाइएको बैंकद्वारा जारी सुचनामा उल्लेख छ ।

यसैगरी बैंकले आफ्नो संस्थापक र साधारण सेयरधनीको हिस्सा ७०ः३० को अनुपातमा रहेकोमा विशेष साधारणसभाले त्यसलाई पनि परिमार्जन गर्ने भएको छ । बैंकले अबका दिनमा संस्थापक र साधारण सेयर धनीको अनुपात ५१ र ४९ प्रतिशत कायम गर्ने भएको छ । विशेष साधारणसभाका लागि बैंकले बैशाख ११ गते बुक क्लोज गर्ने भएको छ ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तभित्र हकप्रद र बोनसबाट ८ अर्ब चुक्ता पूँजी पुर्याउन कठिन भएपछि बिकल्पमा मर्जर तथा एक्विजिशन रोजिएको बैंक स्रोतले जानकारी दिएको छ । केही समय अघि आफ्ना सेयर धनीलाई ७० प्रतिशत बोनस सेयर दिएको एभरेष्टले ३३ प्रतिशत हकप्रद सेयर जारीको लागि नियामक निकाय धितोपत्र बोर्ड समक्ष अनुमित माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL