Logo

लक्ष्मी बैंकको १ः१ हकप्रद आजबाट, यी हुन् आवेदन दिने स्थान

लक्ष्मी बैंकको १ः१ हकप्रद आजबाट, यी हुन् आवेदन दिने स्थान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी बैंकले आजबाट हकप्रद सेयर विक्री खुला गरेको छ । बैंकले आफ्ना सेयर धनीका लागि १ बरावर १ को अनुपातमा हकप्रद सेयर जारी गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब १५ करोड ९० लाख ३० हजार रुपैयाँ रहेको छ । जसअनुसार बैंकले सतप्रतिशत अर्थात ३ करोड १५ लाख ९० हजार कित्ता हकप्रद जारी गरेकोे हो । हकप्रद जारीसँगै बैंकको चुक्ता पूँजी ६ अर्ब ३१ करोड ८० लाख रुपैयाँ पुग्ने छ ।

लक्ष्मी बैंकको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । उक्त हकप्रद सेयरको लागि जेठ ७ गतेसम्म आवेदन दिनुपर्ने छ । चैत १७ गतेसम्म सेयर किनेको लगानीकर्ताले हकप्रदका लागि आवदेन दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL