Logo

स्वदेशमै व्यवसाय गर्न चाहने युवालाई महालक्ष्मीको ९ लाख कर्जा, उद्यमी बन्न प्रेरित

स्वदेशमै व्यवसाय गर्न चाहने युवालाई महालक्ष्मीको ९ लाख कर्जा, उद्यमी बन्न प्रेरित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नयाँ वर्षको अवसर पारेर महालक्ष्मी विकास बैंकले स्वदेशमै उद्योग व्यवसाय गर्न चाहने युवालाई ९ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने भएको छ । बैंकले यही बैंशाख ३ गते देखि लागु हुने गरी सर्वसाधारणलाई स्वदेश मै उद्योग व्यवसाय संचालन गर्न प्रेरित गर्ने उद्देश्यले ‘उद्यम गरौं उद्यमी बनौं, विदेश होइन स्वदेश रोजा’ैं भन्ने नाराका साथ न्यून व्याजदरमा ‘महालक्ष्मी उद्यमशील कर्जा’ योजना ल्याएको छ ।

उक्त कर्जा योजना अन्तर्गत बैंकले देश भित्रै उद्योग, व्यवसाय एवम् कृषि पेशा संचालन गर्न चाहने युवालाई वार्षिक १३ प्रतिशतको व्याजदरमा कर्जा प्रदान गर्ने भएको छ । बैंकले आफ्नो ४० वटै शाखाहरुबाट न्युनतम १ लाख रुपैयाँदेखि अघिकतम ९ लाख रुपैयाँसम्मको कर्जा उपलव्ध गराउने छ । यो कर्जा योजनाले केहि हदसम्म भएपनि युवाहरुलाई स्वदेश मै उद्योग व्यवसाय गर्न प्रेरित गर्नेछ भन्ने बैंकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL