Logo

सिभल बैंकको हकप्रद सेयरमा पुनरावलोकन, यस्तो छ नयाँ व्यवस्था

सिभल बैंकको हकप्रद सेयरमा पुनरावलोकन, यस्तो छ नयाँ व्यवस्था


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिभिल बैंकको संचालक समितिले यस अघिको निर्णय पुनरावलोकन गर्दै ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । यस अघि २० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेकोमा बैंकको हिजो बसेको संचालक समितिको बैंठकले ३० प्रतिशत जारी गर्ने निर्णय गरेको हो ।

बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स र युनिक फाइनान्स खरिद पछि कामय हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । बैंकले यस अघि फागुन २२ गते २० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।

तर, बैंकले ३० प्रतिशतको निर्णय गर्दै सो सम्बन्धमा नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनका लागि पनि हकप्रद बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL