Logo

ज्योति विकास बैंकलाई अन्तरराष्ट्रिय अवार्ड, सिइओ कुवँर मेनेजर अफ दि इअर

ज्योति विकास बैंकलाई अन्तरराष्ट्रिय अवार्ड, सिइओ कुवँर मेनेजर अफ दि इअर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ज्योति विकास बैंकले अन्तरराष्ट्रिय अवार्ड प्राप्त गरेको छ । बैंकले हालै लण्डनमा सम्पन्न एउटा अन्तरराष्ट्रिय समारोहमा वेष्ट इन्टरप्राइज अवार्ड पाएको हो । यो अवार्ड सोक्रेटिश कमिटि, अक्सफोर्ड, बेलायतले प्रदान गरेको हो । बैंकलाई नेपालको बैंकिङ क्षेत्रको उत्कृष्ट संस्था घोषित गरिएको थियो ।

त्यसै गरी सो बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरलाई मेनेजर अफ दि एअर द्वारा सम्मान गरिएको छ । यो समारोह लण्डन स्थित इन्स्टीच्युट अफ डाइरेक्टर्स, युरोपियन बिजनेस एसेम्बलीले संयुक्त रुपमा आयोजना गरेका थिए । कार्यक्रममा नेपाल लगायत ५४ देशका प्रतिनिधिहरु सहभागी थिए ।

ज्योति विकास बैंकको हाल चुक्ता पूँजी १ अर्व १० करोड ४३ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL