Logo

ग्लोबल आइएमईको साधारण सभाले चुन्यो ६ जना संचालक, चुक्ता पूँजी ७ अर्ब २४ करोड पुग्यो

ग्लोबल आइएमईको साधारण सभाले चुन्यो ६ जना संचालक, चुक्ता पूँजी ७ अर्ब २४ करोड पुग्यो


बिजखबर संवाददाता
27
Shares

ग्लोबल आइएमई बंैकको दशौँ बार्षिक साधारणसभा नयाँ संचालक समिति चयन गरेको छ । बैंकको आज भएको साधारण सभाले संस्थापक सेयर धनीबाट ३ र साधारणतर्फबाट ३ गरी ६ सदस्यीय संचालक समिति चयन गरेको छ ।

जसमा संस्थापक सेयरधनीबाट चन्द्रप्रसाद ढकाल, सुहृदराज घिमिरे, पवनकुमार भिमसरिया र सर्वसाधारण सेयरधनीको तर्फबाट सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल र सुरजकुमार श्रेष्ठलाई संचालकमा निर्विरोध रुपमा चयन गरेको हो ।

साधारणसभाले २०७२÷०७३ को नाफाबाट सेयरधनीलाई १५.७६ प्रतिशत बोनस सेय वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड २६ लाख ६१ हजार रुपैयाँ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त सोव प्रदान गर्दै आएको छ ।

हालसम्म बैंकले ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले हालसम्म ९४ वटा शाखा, १० वटा राजस्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १ सय ६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४४ शाखा रहित बैंकिङ सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL