Logo

गोर्खाज फाइनान्सको सेयर कारोबार आइतवारदेखि, बिक्री प्रबन्धकमा एनआईबिएल

गोर्खाज फाइनान्सको सेयर कारोबार आइतवारदेखि, बिक्री प्रबन्धकमा एनआईबिएल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गोर्खाज फाईनान्सको सेयर कारोबार सुचारु भएको छ । गोर्खा विकास बैंक र काठमाण्डू फाईनान्स गाभिएर बनेको फाइनान्सको आईतबारदेखि सेयर कारोवार सुचारु भएको हो । सो फाइनान्सको सिम्बोल ‘जियुएफल’ हो ।

२०६८ सालमा समस्याग्रस्त भएपछि गोर्खा विकास बैंकको कारोबार स्थगित भएको थियो। गोर्खाको पूँजी घटाएर काठमाण्डौं फाइनान्सले मर्ज गरेको थियो । मर्जर प्रकृया सुरु भएपछि काठमाडौं फाइनान्सको पनि कारोबार स्थगित थियो ।

कम्पनीले हकप्रद शेयर निश्कासनको लागि धितोपत्र बोर्डबाट अनुमतिसमेत पाएको छ । फाईनान्सलाई २९ करोड ९३ लाख ३१ हजार बराबरका २९ लाख ९३ हजार ३सय १३ कित्ता हकप्रद शेयर निशकासनको अनुमति दिइएको हो ।

हकप्रद निस्कासनका लागि एनआईबिएल क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ । फाइनान्सको हाल ५७ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी छ । फाइनान्सले पुस मसान्तसम्म १० करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL