Logo

सिद्धार्थले पायो ६० प्रतिशत हकप्रदको स्वीकृति, जतनालाई पूँजी बृद्धिमा सहयोग

सिद्धार्थले पायो ६० प्रतिशत हकप्रदको स्वीकृति, जतनालाई पूँजी बृद्धिमा सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई ६० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । जनता बैंकसँग एक्विजिशनमा जान सहमति गरिसकेको सिद्धार्थलाई बोर्डले भर्खरै मात्र हकप्रद निष्काशनको अनुमति दिएको हो ।

हाल सिद्धार्थ डेभलपमेन्टको चुक्ता पूँजी १ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको छ । जस अनुसार बैंकले ८५ करोड १५ लाख रुपैयाँ बराबरको ८५ लाख १५ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । बैंकको हकप्रद निष्काशत तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

सिद्धार्थले हकप्रद निष्काशनको स्वीकृति पाएसँगै जनता बैंकलाई चुक्ता पूँजी बृद्धि गर्न केही सहज हुने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तभित्र ८ अर्ब चुक्ता पूँजी पुर्याउन नसक्ने अवस्थामा रहेको जनतालाई सिद्धार्थको हकप्रदले केही राहत मिलेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL