Logo

मुक्तिनाथको ५६ औं शाखा सितापाइलामा, प्रथम गभर्नरले गरे उद्घाटन

मुक्तिनाथको ५६ औं शाखा सितापाइलामा, प्रथम गभर्नरले गरे उद्घाटन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सितापाइलामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आज एक कार्यक्रमबीच ५६ औं शाखाको उद्घाटन गरेको हो ।

उक्त शाखाको नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शमसेर जवराले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रथम गभर्नर जवराले विकास बैंकले एकैसाथ सञ्चालन गरेको आधुनिक बैंकिङ, सीमित बैंकिङ र लघुवित्त सेवा उत्कृष्ठ रहेको बताए । साथै वित्तीय सेवाको अलावा सामाजिक सेवाभाव पनि रहेको आफ्ना ग्राहकहरुलाई चिनेर दिएको सेवाले बैँकको दिगोपनामा अवस्य सहयोग गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको विगत, वर्तमान अवस्था र बैँकको भावी रणनीतिका वारेमा बताएका थिए । बैँकले नेपाली समाजका विद्यमान समस्याहरु समाधानगर्न र कृषि क्षेत्रको विकास र विस्तार गर्न उपयुक्त वित्तीय सेवाहरु प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताए । कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थ सचिव माधव घिमिरे र बरिष्ठ साहित्यकार प्रसाद घिमिरे, क्षेत्रका कर्मचारी, व्यापारी, समाजसेवी, र स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैंकले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अघि बढेको छ । बैंकले हालसम्म ५६ वटा शाखा कार्यालय १ लाखभन्दा बढी लघुवित्त सदस्यहरु सहितकुल ३ लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवाप्रदान गर्दै आएको छ । यस विकास बैँकले हाल कुल १५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL