Logo

एनआईसी एसियाको हकप्रद सेयर बिक्री खुल्यो, १९ गतेसम्म आवेदन दिन सकिने

एनआईसी एसियाको हकप्रद सेयर बिक्री खुल्यो, १९ गतेसम्म आवेदन दिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एसिया बैंकको हकप्रद सेयर बिक्री आजदेखि खुला भएको छ। जसअनुसार लगानीकर्ताले चैत ६ गतेसम्म आफूसँग भएको सेयर संख्याको १५ प्रतिशतका दरले हकप्रदका लागि आवेदन दिन सक्ने छन्।

कुल ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर बिक्री खुला भएको हो । बैंकको बिक्री प्रवन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरिएको छ । हकप्रदका लागि वैशाख १९ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

सिभिल क्यापिटल सिटिसी मल तथा एनआईसी एसिया बैंकका सबै कार्यालयबाट आवेदन दिन सकिने बिक्री प्रवन्धक कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL