Logo

ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा बौद्धमा, मनास्लुसंग मर्जरका लागि स्वीकृती

ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा बौद्धमा, मनास्लुसंग मर्जरका लागि स्वीकृती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले बौद्धमा नयाँ शाखा स्थापना गरेको छ । बैंकको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका हुन् ।
मंगलबार महिला उद्यमशिलताको विकासमा सहयोग पुगोस भन्ने उदेश्यले माइक्रोबस चालक रीता थापा मगरलाई सम्मान गर्दै शाखाको उद्धघाटन गरिएको हो ।

सो अवसरमा बैंकका अध्यक्ष सुशिलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गराएका थिए । साथै मनास्लु विकास बैंकसंग मर्जरको लागि बिशेष साधारणसभाले स्वीकृती पनि दिईसकेको बताए ।

नेपाल राष्ट्र बैंकसंग संयुक्त कारोवार गर्न अन्तिम स्वीकृतीको लागि निवेदन पेश गर्न तयारीमा रहेको अधिकारीले जानकारी दिए । मर्जरपछि बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने उनले बताए ।

बैंकले हाल ३१ वटा शाखाहरुबाट १ लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL