Logo

दिर्घकालिन पूँजी संकलन गर्दै राष्ट्र बैंक, पहिलो पटक जारी गर्यो १३ वर्षे ऋणपत्र

दिर्घकालिन पूँजी संकलन गर्दै राष्ट्र बैंक, पहिलो पटक जारी गर्यो १३ वर्षे ऋणपत्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक १३ वर्षे विकास ऋण पत्र जारी गरेको छ । दिर्घकालिन सोचका साथ पूँजी संकलन गर्ने उद्देश्य अनुरुप १३ वर्षे विकास ऋणपत्र जारी गरिएको नेपाल राष्ट्र बैंक राष्ट्र ऋण विभागका प्रमुख त्रिलोचन पंगेनीले बताए । ‘दिर्घकालिन ऋण उठाउने उद्देश्य अनुरुप बैंकले पहिलो पटक १३ वर्षे ऋणपत्र जारी गरेको हो,’ उनले भने ।

राष्ट्र बैंकले विशेष गरी नागरिक लगानी कोष, कर्मचारी संचय कोष तथा अन्य बैंक वित्तीय संस्थालाई लक्षित गर्दै उक्त विकास ऋण पत्र जारी गरिएको पंगेनीले जानकारी दिए ।

मंगलबार जारी हुने विकास ऋणपत्र २०८६ ‘क’ सोही दिन दिउसो ३ बजेसम्म बोलकवोल मार्फत आवेदन दिन सकिनेछ । ५ अर्ब रुपैयाँको सो ऋण पत्रको बुधबार निष्काशन गरिने भएको छ । बुधबार जारी हुने सो विकास ऋणपत्रको सावाँ भुक्तानी २०८६ चैत १६ गते हुनेछ ।

राष्ट्र बैंकका अनुसार विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थार नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । बचत पत्रबाट अर्ध बार्षिक रुपमा आर्जित ब्याजमा कर समेत नलाग्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

सो ऋणपत्रमा न्युनतम ५० हजार रुपैयाँ र बढीमा सीमा ननाघ्ने गरी ५० हजारले भागजाने रकमसम्मको लागि आवेदन दिन सकिनेछ । जसमा बोलकवोलमार्फत ऋणपत्र प्रदान गरिने भएको छ । त्यसमध्ये प्रतिप्रस्र्धी र अप्रतिस्पर्धी बोलकवल समेत दिन सकिने छ । कुल ५ अर्ब रुपैयाँमध्ये ८० प्रतिशत प्रतिस्र्धी बोलवाला र २० प्रतिशत अप्रतिस्पर्धी बोलवालाहरुलाई प्रदान गरिने बैंकद्वारा जारी सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL