Logo

आजबाट खुल्यो टुरिजमको हकप्रद सेयर, चुक्ता पूँजी १ अर्ब ८४ करोड पुग्दै

आजबाट खुल्यो टुरिजमको हकप्रद सेयर, चुक्ता पूँजी १ अर्ब ८४ करोड पुग्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले आजदेखि हकप्रद सेयर जारी खुला गरेको छ । चुक्ता पूँजी बृद्धिका लागि बैंकले आजदेखि १ बरावर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हकप्रद सेयर आजदेखि विक्री खुला भएको हो ।

बैंकले आजबाट कुल ९१ करोड ९७ लाख ७ सय १७ कित्ता हकप्रद सेयर विक्री खुला गरेको हो । हकप्रद जारीसँगै बैंकको चुक्ता पूँजी १ अर्ब ८३ करोड ९५ लाख ८२ हजार रुपैयाँ पुग्ने छ ।

बैंकले आजदेखि खुला गरेको हकप्रद सेयर विक्री बैशाख १७ गते बन्द हुनेछ । टुरिजमको सेयर निष्कासन तथा प्रबन्धक एन्आईबिएल क्यापिटल मार्केट्स रहेको छ । एनआइबिएल क्यापिटल मार्केट्स र टुरिजम डेभलपमेण्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट हकप्रदको लागि आवेदन दिन सकिनेछ । माघ ६ गतेसम्म कायम भएका सेयरधनीले मात्र उक्त हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL