Logo

टोखामा खुल्यो सेञ्चुरीको एक्सटेन्सन काउन्टर, सेयर धनीलाई १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद दिँदै

टोखामा खुल्यो सेञ्चुरीको एक्सटेन्सन काउन्टर, सेयर धनीलाई १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद दिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको टोखामा एक्सटेन्सन् काउन्टर संचालनमा ल्याएको छ । राजस्व संकलन लगायतका काम गर्ने उद्देश्य अनुसार बैंकले उक्त काउन्टर संचालनमा ल्याएको हो । यससँगै बैंकको एक्स्टेन्सन् काउन्टर संख्या ४ वटा पुगेको छ ।

यसैगरी बैंकले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । बैंकले सो सम्बन्धमा नेपाल स्टक एक्स्चेञ्जलाई समेत जानकारी गराइसकेको छ ।

हाल बैंकले ३१ वटा शाखा, २९ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL