Logo

चैत ३१ मा सेञ्चुरीको साधारणसभा, सेयर धनीलाई ४० प्रतिशत हकप्रद सेयर

चैत ३१ मा सेञ्चुरीको साधारणसभा, सेयर धनीलाई ४० प्रतिशत हकप्रद सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।सेञ्चुरी बैंकले आफ्ना सेयर धनीलाई ४० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक खरिदपश्चात सेयर धनीलाई उक्त हकप्रद दिन लागेको हो । बैंकले साधारणसभाका लागि चैत १८ गतेदेखि ३१ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ ।

हकप्रद सेयर, बुक क्लोज तथा साधारणसभाका सम्बन्धमा बैंकले आजैमात्र नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी दिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्म ८ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकले एक्विजिशन तथा हकप्रद जारी प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL