Logo

एस डेभलपमेन्ट खरिद गर्न इन्भेष्टमेण्टले बोलायो विशेष साधारणसभा, यस्तो छ सेयर स्वाप रेसियो ?

एस डेभलपमेन्ट खरिद गर्न इन्भेष्टमेण्टले बोलायो विशेष साधारणसभा, यस्तो छ सेयर स्वाप रेसियो ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले विशेष साधारण सभा बोलाएको छ । बैंकले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई जानकारी दिँदै यही चैत्र २५ गते विशेष साधारणसभा बोलाएको हो ।

बैंक स्रोतका अनुसार एस डेभलपमेण्ट बैंक खरिद गर्ने प्रस्ताव पारित गर्न साधारणसभा वोलाइएको हो । इन्भेष्टभेण्ट यस अघि नै एस डेभलपमेन्ट बैंक खरिद प्रक्रिया अघि बढाएको थियो ।

इन्भेष्टमेण्ट बैंक र एस डेभलपमेण्ट बैंकबीचको सेयर स्वाप रेसियो समेत तय भैैसकेको छ । जस अनुसार इन्भेष्टमेण्ट बैंकको प्रतिकित्ता मूल्य १ सय एस डेभलपमेन्टको ४१ रुपैयाँ तय भएको छ । जस अनुसार एसको १ सय कित्ता सेयर हुनेले इन्भेष्टमेन्टमा गाभिदा ४१ कित्ता मात्र पाउनेछन् ।

हाल एस डेललपमेन्ट बैंकको १ अर्ब २० करोड चुक्ता पूँजी रहेको छ । उक्त बैंक खरिदसँगै इन्भेष्टमेण्टको चुक्ता पूँजी ९ अर्ब २० करोड पुग्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL