Logo

सेञ्चुरीले खरिद गर्यो अल्पाइन डेभलपमेन्ट बैंक, तीन वित्तीय संस्था प्रक्रियामा

सेञ्चुरीले खरिद गर्यो अल्पाइन डेभलपमेन्ट बैंक, तीन वित्तीय संस्था प्रक्रियामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंकलाई खरिद गर्ने भएको छ । मकवानपुरको अल्पाइन खरिदका लागि यी दुई बैंकबीच सझदारी पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुरुप २०७४ असार भित्र ८ अर्ब चुक्ता पूँजी पुर्यानउ बैंकले हकप्रद जारी तथा विकास बैंक खरिदलाई तिव्रता दिएको हो ।

यसअघि सेञ्चुरीले इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । हाल सेञ्चुरीको चुक्ता पूँजी ३ अर्ब ६८ करोड रुपैयाँ मात्र रहेको छ । थप चार संस्था गाभिदा बैंकको चुक्ता पूँजी साढे पाँच अर्ब रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL