Logo

मेगाको १४ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद सेयर, थप १० शाखा विस्तार गर्दै

मेगाको १४ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद सेयर, थप १० शाखा विस्तार गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंकले आफ्ना सेयर धनीलाई १४ प्रतिशत बोनस सेयर र ६५ प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको छ । बैंकको छैटौं बार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो र

बैंकले बोनस सेयरमा लाग्ने कर रकम समेत गरी १४ प्रतिशत बोनस सेयर दिन लागेको हो । जसमा १३ दशमलव २५ प्रतिशत बोनस सेयर र त्यसको करका लागि शुन्य दशमलव ७० प्रतिशत नगद लाभांश दिने निर्ण गरेको हो ।

यसैगरी, साधारणसभाले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । यो निर्णयले करिब १ लाख ४० हजार शेयरधनी लाभान्वित हुनेछन् । संचालनको छोटो अवधिमै यति मुनाफा दिनसक्नुलाई बैंकको उपलब्धी भएको बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले बताए । ‘सञ्चालनको ६ वर्षमै निर्माण तथा हासिल गरिएको यो आधार अत्यन्त उपलब्धिमुलक एवं उत्साहजनक रहेको छ,’ उनले भने, ‘विपन्न वर्ग तथा लघुवित्त अन्तर्गत बैंकले करिब २१ हजार ग्राहकहरुलाई कर्जा प्रदान गरिसकेको छ ।’

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले देशका विभिन्न १० वटा स्थानहरुमा शाखा कार्यालयहरु विस्तार गर्नको निमित्त बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको जानकारी दिए । ‘शाखा स्थापनाको लागि आवश्यक कार्यहरु तालिका बमोजिम अघि बढिसकेका छन्,’ उनले भने, ‘शाखा विस्तारपछि मेगा बैंकको सञ्जाल झन् सशक्त र व्यापक बन्ने विश्वास लिएको छु ।’

बैंकले चालू आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमासिक अवधिसम्म अर्ब ५२ करोड रुपैंया निक्षेप संकलन गरी ३४ अर्ब १ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । बैंकले ३९ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर, ४७ वटा एटिएम मेसिनहरु तथा ५८ वटा शाखारहित बैंकिङ्ग केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । बैंकको ग्राहक संख्या २ लाख २४ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL