Logo

बैशाखदेखि दैनिक रुपमा सीसीडी अनुगमन, सिमाभन्दा नाघेमा जरिवाना

बैशाखदेखि दैनिक रुपमा सीसीडी अनुगमन, सिमाभन्दा नाघेमा जरिवाना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ०७४ बैशाख १ गतेदेखि दैनिकरुपमा बैंकहरुको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो)को अनुगमन गर्ने भएको छ । यस अघि त्रैमासिक रुपमा गर्दै आएकोमा बैंशाखदेखि दैनिक रुपमै गर्ने राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

दैनिकरुपमा गणना हुने सीसीडी रेसियोको तोकिएको सीमा नाघेमा राष्ट्र बैंक ऐन ०५८ को दफा ९९ अनुसार बढी प्रवाहित कर्जा रकममा बैंक दरले हुन आउने रकम बराबर रकम हर्जना लगाइने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

पछिल्लो समय केही बैंक वित्तीय संस्थाले सिमाभन्दा बढी कर्जा प्रवाह गर्न थालेपनि राष्ट्र बैंकले सो विषयमा सुक्ष्म निगरानी शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL