Logo

यति र महालक्ष्मीबीच मर्जर सम्झौता, चुक्ता पूँजी २ अर्ब ६३ करोड, महालक्ष्मीको नामबाट संयुक्त कारोवार

यति र महालक्ष्मीबीच मर्जर सम्झौता, चुक्ता पूँजी २ अर्ब ६३ करोड, महालक्ष्मीको नामबाट संयुक्त कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकबीच मर्जर सम्झौता भएको छ । यी दुई बैंकबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा आज एक कार्यक्रमबीच महालक्ष्मी विकास बैंकको तर्फबाट मर्जर समितिका संयोजक संजय गिरी र यति डेभलपमेन्ट बैंकका तर्फबाट मर्जर समितिका संयोजक अर्जुनप्रसाद शर्माले हस्ताक्षर गरेका हुन् ।

यी दुई संस्था मर्जर भए पश्चत बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड ४१ लाख पुग्ने छ । मर्जरसँगै उक्त संस्थाको नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको विकास बैंकको चुक्ता पूँजी पुग्ने छ ।

मर्जर पश्चात बन्ने विकास बैंकको निक्षेप २३ अर्ब ८४ करोड रुपैयाँ पुग्ने छ भने कर्जा प्रवाह १९ अर्ब ९७ करोड रुपैयाँ पुग्ने छ । यसैगरी शाखा संख्या ६५ पुग्ने छ भने ग्राहकसंख्या ३ लाख ४५ हजार पुग्ने छ । जुन देशकै ठूलो विकास बैंक हुने समेत बैंकको दावी छ ।

मर्जर पश्चार सो बैंकले महालक्ष्मी विकास बैंकको नामबाट संयुक्त कारोवार शुरु गर्ने सम्झौता भएको छ । संचालक समितिका महालक्ष्मीको तर्फबात ४ र यतिको तर्फबाट ४ जना संचालकले प्रतिनिधित्व गर्नेछन् ।

सम्पत्ति दायित्व मुल्यांकन पश्चात आउने प्रतिवेदनलाई आधार बनाई सेयर स्वाप अनूपात निर्धारण गर्ने समहति भएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL