Logo

एनएमबी बैंकको सीईओमा सुनिल केसी, बैंकिङ क्षेत्रको २७ वर्षे अनुभव

एनएमबी बैंकको सीईओमा सुनिल केसी, बैंकिङ क्षेत्रको २७ वर्षे अनुभव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चैत १ गतेबाट एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पद सुनिल केसीले सम्हाल्ने भएका छन् । तत्कालिन सिईओ उपेन्द्र पौड्यालको कार्यकाल आजबाटै  सकिए पछि भोलीबाट सो पद उनले सम्हाल्न लागेका हुन् ।

बैंकिङ क्षेत्रमा लामो अनुभव भएका केसी ९ वर्ष अघि नायव महाप्रवन्धकको रुपमा एमएमबी बैंक प्रवेश गरेका थिए । उनले सन् २०१० देखि नै एनएमबी बैंकमा डेपुटी सिइओको पद सम्हाल्दै आएका छन् ।

बैंकिङ क्षेत्रमा राम्रो दख्खल राख्ने केसीलाई केही समय अघि बसेको बैंक संचालक समितिको बैठकले सीईओ पदमा नियुक्त गरेको हो । झण्डै २७ वर्ष बैंकिङ क्षेत्रमा विताएका केसी एनएमबीभन्दा अघि स्ट्याण्डर्ड चाटर्ड बैंकमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL