Logo

नबिलले लगानीकर्तालाई दियो १ महिनाको समय, तत्काल लाभांस सुरक्षित गर्न आग्रह

नबिलले लगानीकर्तालाई दियो १ महिनाको समय, तत्काल लाभांस सुरक्षित गर्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नबिल बैंकले एक महिनाको समयावधि दिएर लगानीकर्तालाई लाभांस लिन बोलाएको छ ।

कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा ( ९ )अनुसार ५ बर्षसम्म लाभांस नलिएका लगानीकर्ताको नगद लाभांश कम्पनी रजिष्ट्रार कार्यालयले लगानीकर्ता संरक्षण कोषको स्थापना गरी जम्मा गर्ने व्यवस्था भएकाले बैंकले त्यस्ता लाभांस लिन बोलाएको हो ।

यदि एक महिना भित्र सो लाभांस लिन नआएमा कोषमा जम्मा गर्न कम्पनी रजिष्ट्रार कार्यालय पठाइने बैंकले जानकारी दिएको छ ।

त्यसरी नलिएको लाभांस बैंकको विक्रि प्रबन्धक नबिल इन्भेष्टको नक्सालमा गएर लिन समेत आग्रह गरेको छ । हाल थुप्रै बैंक वित्तीय संस्थामा त्यसरी करोडौं रुपैयाँ जम्मा भएर वसेको कोषको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL