Logo

राष्ट्र बैंकले ल्यायो ‘वैदेशिक रोजगार बचतपत्र २०७८ ‘ग’, चैत २ गतेदेखि विक्री खुला

राष्ट्र बैंकले ल्यायो ‘वैदेशिक रोजगार बचतपत्र २०७८ ‘ग’, चैत २ गतेदेखि विक्री खुला


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका कामदारलाई लक्षित गरी पुनः वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । राष्ट्र बैकले हाल वैदेशिक रोजगार बचतपत्र २०७८ ‘ग’ जारी गरेको हो । बैंकले यस अघि क र ख जारी गरिसकेको छ ।

राष्ट्र बैंकले नेपाल स्थित १३ वटा बैंक वित्तीय संस्था र विभिन्न १२ वटा मुलुकबाट खरिदगर्न सक्नेगरी उक्त बचतपत्र जारी गरेको हो । खरिदकर्तालाई ६÷६ महिनामा ब्याज भुक्तानी दिने गरी जारी गरिएको उक्त बचतपत्रमा १० प्रतिशत ब्याज दिइनेछ ।

राष्ट्र बैंकका अनुसार सो बचतपत्र चैत २ गतेबाट विक्री खुला गरिने छ । सो बचतपत्र चैत २४ गतेसम्म खरिदगर्न सकिने छ । कुल २५ करोड रुपैयाँको बचतपत्रमा एक जनाले न्युनतम ५ हजारदेखि अधिकतम २५ करोड रुपैयाँको सीमाभित्र रही ५ हजार रुपैयाँले भागजाने रकमसम्म आवेदन गर्न सक्नेछन् ।

उक्त बचतपत्र भर्नका लागि राहदानी, कार्यरत मुलुकको भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको), २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणको रुपमा विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदशी मुद्रा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर चाहिने छ । साथै परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी चाहिने छ ।

सो बचतपत्रमा नेपाल स्थित प्रभु बैंक, प्रभु मनि टान्सफर, आइएमइ, सिटी एक्सप्रेस मनि टान्सफर, सेञ्चुरी बैंक, सानिमा बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, माच्छापुच्छे बैंक, नविल बैंक, एनएमबी बैंक र सेवा रेमिटका प्रतिनिधि कार्यालय एवं एजेन्टबाट बचतपत्रको आवेदन दिन सकिने छ ।

यसैगरी कतार, बहराइन, युएयई, अष्ट्रेलिया, बेलायत, जापान, कोरिया, इजरायल, साउदी अरव, भारत र मलेसियाबाट खरिद गर्न सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL